डा. गोविन्द केसी र सरकारी टोलीबीचको सहमति अड्कियो
काठमाडौं । अनशनरत डा। गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच माग सम्बोधनको विषय ‘सहमतिनजिक’ पुगेको छ । सहमतिको मस्यौदा अनुमोदनका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित शिक्षा र स्वास्थ्य मन्त्रालयमा पठाइएको छ ।
केन्द्रबाट जवाफ आएपछि आजै (साउन ११) अन्तिम सहमतिमा पुग्ने तयारी रहेको केसीका पक्षबाट वार्तामा सहभागी डा। अमृत जैसीले बताए । डा। केसीका पाँच मागमध्ये अधिकांशमा सहमति जुटेको जनाइएको छ ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई पदमुक्त गर्ने विषयमा दुई पक्षबीच सहमति भएको छ । तर, उनले राजीनामा नदिने भनेपछि अब के गर्ने भन्ने विषयमा सरकारी टोली अलमलमा परेको स्रोतको भनाइ छ ।
आइतबार (साउन १०) करिब ११ घण्टा चलेको वार्ता निष्कर्षमा पुगेको थिएन । सोमबार बिहान १० बजेदेखि पुनः वार्ता सुरु गरिएको थियो ।
बिहीबार ९साउन ७०देखि डा. केसी कैलालीको धनगढीमा २४औँ अनशनमा छन् । स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार (साउन ९)देखि उनलाई सेती प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ ।
सम्बन्धित समाचार
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान भएको छ । खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न दरखास्त आह्वान गरिएको हो ।...
चिकित्सकको माइतीघरमा विरोध प्रदर्शन
काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरुले शनीबार पनि माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।...
कुरा सुनेर शब्द सिक्ने कुकुरहरूको अनौठो क्षमता
कल्पना गर्नुहोस्, तपाईं आफ्नो साथीसँग कुरा गर्दै हुनुहुन्छ र अचानक तपाईंको कुकुरले तपाईंले उल्लेख गरेको नयाँ खेलौनालाई ल्याइदिन्छ जुन उसलाई सिकाइएको...
गाउँमा विकास, गाउँमै उद्यम
पछिल्ला वर्षहरुमा गर्भवती तथा सुत्केरी महिलाको नियमित जाँच र उपचार गर्नुपर्छ भन्ने सचेतना बढेको छ । स्वास्थ्य संस्था पुगेर प्रजनन स्वास्थ्य सेवा लिन...



