स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान भएको छ । खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न दरखास्त आह्वान गरिएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो ।
समितिले स्वास्थ्य बिमा ऐन, २०७४ को दफा २० बमोजिम खुला प्रतिस्पर्धाबाट योग्य उमेदवार छनोट गरी ऐनको दफा २२ ९३० अनुसार कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस गरिने जनाएको छ ।
सार्वजनिक सूचना पहिलो पटक २०८३ असार ३१ गते प्रकाशित गरिएको हो । समितिका अनुसार आवेदन प्रक्रिया ‘स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक तथा छनोट सम्बन्धी कार्यविधि, २०८३’ अनुसार अघि बढाइनेछ ।
इच्छुक उमेदवारले दरखास्त फाराम, योग्यता, छनोट प्रक्रिया तथा अन्य आवश्यक विवरण स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिमा बोर्डको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक बोर्डको प्रमुख कार्यकारी पद हो । यस पदले स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन, व्यवस्थापन तथा प्रशासनिक नेतृत्व गर्ने जिम्मेवारी वहन गर्ने व्यवस्था छ ।
सम्बन्धित समाचार
चिकित्सकको माइतीघरमा विरोध प्रदर्शन
काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरुले शनीबार पनि माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।...
डा. गोविन्द केसी र सरकारी टोलीबीचको सहमति अड्कियो
काठमाडौं । अनशनरत डा। गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच माग सम्बोधनको विषय ‘सहमतिनजिक’ पुगेको छ । सहमतिको मस्यौदा अनुमोदनका निम्ति...
कुरा सुनेर शब्द सिक्ने कुकुरहरूको अनौठो क्षमता
कल्पना गर्नुहोस्, तपाईं आफ्नो साथीसँग कुरा गर्दै हुनुहुन्छ र अचानक तपाईंको कुकुरले तपाईंले उल्लेख गरेको नयाँ खेलौनालाई ल्याइदिन्छ जुन उसलाई सिकाइएको...
गाउँमा विकास, गाउँमै उद्यम
पछिल्ला वर्षहरुमा गर्भवती तथा सुत्केरी महिलाको नियमित जाँच र उपचार गर्नुपर्छ भन्ने सचेतना बढेको छ । स्वास्थ्य संस्था पुगेर प्रजनन स्वास्थ्य सेवा लिन...



