नक्कली सामानविरुद्ध सरकार कडा, १०० भन्दा बढी शंकास्पद उत्पादन नियन्त्रणमा
काठमाडौं। बजारमा नक्कली तथा गुणस्तरहीन वस्तुको बिक्री–वितरण बढ्दै गएको गुनासोपछि सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १०० भन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको जनाएको छ।
विभागका अनुसार बरामद गरिएका उत्पादनहरूको गुणस्तर र मौलिकता परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। परीक्षण प्रतिवेदन प्राप्त भएपछि सम्बन्धित व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने विभागले जनाएको छ।मन्त्री यादवले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग जोडिएका विषयमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन्। उनले दोषी पाइने जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिँदै बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने सरकारको प्रतिबद्धता दोहोर्याएकी छन्।
विभागका महानिर्देशक मोति सापकोटाले बजारमा नक्कली उत्पादन बिक्री भइरहेको भन्ने सूचना निरन्तर प्राप्त भइरहेकाले नियमित तथा आकस्मिक अनुगमनलाई तीव्र पारिएको जानकारी दिए।विभागले उपभोक्तालाई पनि सचेत रहन आग्रह गर्दै बजारमा शंकास्पद वा नक्कली उत्पादन बिक्री–वितरण भइरहेको जानकारी भएमा सम्बन्धित निकाय वा विभागमा तत्काल सूचना दिन अनुरोध गरेको छ।
सम्बन्धित समाचार
नेपालको असहमतिबीच लिपुलेकबाट भारत–चीन सीमा व्यापार पुनः सुरु
काठमाडौं। नेपालको विरोध र दाबी कायम रहेकै अवस्थामा भारत र चीनले विवादित लिपुलेक नाका हुँदै सीमा व्यापार पुनः सुरु गरेका छन्। भारतीय सञ्चारमाध्यमहरूका...
सीपमूलक तालिममा महानगर र चलचित्र विकास बोर्डको सहकार्य, व्यावसायिकतामा जोड
काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगाेलले तालिमको सफलता तत्कालै मूल्यांकन गर्न नसकिने बताउँदै सहभागीहरूले सिकेका सीपलाई...
कांग्रेसको नयाँ नेतृत्व छान्न आज राती ९ बजे मतदान, यस्तो छ निर्वाचन कार्यतालिका
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन...
कांग्रेस छाडेका जिसस भोजपुरका प्रमुख थुलुङ राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूचीमा
जनमत पार्टीले समानुपातिक तर्फ ११० जनाकै नाम बुझाएको छ । २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीतर्फबाट र १६५ जना...



