,
,,::
KTM Post Logo
Nepal Voices

सीपमूलक तालिममा महानगर र चलचित्र विकास बोर्डको सहकार्य, व्यावसायिकतामा जोड

काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगाेलले तालिमको सफलता तत्कालै मूल्यांकन गर्न नसकिने बताउँदै सहभागीहरूले सिकेका सीपलाई आफ्नो पेसा र आयआर्जनसँग जोड्न सकेमा मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताएकी छन्।

काठमाडौं महानगरपालिकाको सहयोग तथा चलचित्र विकास बोर्डको आयोजनामा जेठ २२ गतेदेखि असार २२ गतेसम्म सञ्चालन भएको ३० दिने ‘फोटोग्राफी तथा फोटो/भिडियो पत्रकारिता तालिम’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्।डंगाेलले महानगरपालिकाले रोजगारी तथा आयवृद्धिसँग सम्बन्धित विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै तालिम केवल सिकाइमा सीमित नभई व्यावहारिक प्रयोगमा आउनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, “यो एक महिने तालिम समापन भएको छ। कति सफल भयो भन्ने कुराको मापन आजको भोलि नै हुँदैन। यसको मापन यहाँबाट सिकेका कुराहरूलाई आफ्नो पेसामा कत्तिको उपयोग गर्नुहुन्छ भन्ने कुराले देखाउँछ। काठमाडौँ महानगरपालिकाले रोजगारी र आयवृद्धिसँग जोडिएका विभिन्न कार्यक्रमअन्तर्गत नै यो तालिम सञ्चालन गरेको हो। तर यस्ता तालिमहरू तालिमका लागि मात्र हुनु हुँदैन। तालिम लिएपछि प्रशिक्षार्थीहरूले आफ्नो जीवनमा त्यसको प्रयोग गर्नुपर्छ, आयसँग जोड्नुपर्छ। यसलाई केवल सौख (हबी)का रूपमा मात्र होइन, व्यावसायिक रूपमा अघि बढाउनुपर्छ।”

डंगाेलले काठमाडौं महानगरपालिकाले चलचित्रलाई केवल गन्तव्य (डेस्टिनेसन)का रूपमा नभई कला, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने माध्यमका रूपमा लिएको पनि बताइन्।उनले थपिन्, “काठमाडौं महानगरले फिल्मको काम गर्छ भने चलचित्र विकास बोर्डले के काम गर्छ भन्ने प्रश्न पनि उठ्न सक्छ। तर काठमाडौँ महानगरका लागि फिल्म डेस्टिनेसन होइन, माध्यम हो। हामीभित्र रहेका विभिन्न कला, संस्कृति, बाजागाजा, सङ्गीत, साहित्य तथा थुप्रै कथाहरूलाई उजागर गर्ने, प्रस्फुटन गराउने र प्रवर्द्धन गर्ने माध्यम हाम्रा लागि फिल्म हो।”

समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्ड काठमाडौं महानगरपालिकासँग सहकार्य गर्दै यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्न सधैँ तयार रहेको बताए। उनले चलचित्र जगत सबैको साझा क्षेत्र भएकाले बोर्डले सधैँ सेतुका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “काठमाडौं महानगरपालिकासँग मिलेर यस्ता खालका थुप्रै सीपमूलक तालिमहरू आयोजना गर्न चलचित्र विकास बोर्ड तयार छ। चलचित्र जगत हाम्रै हो, त्यसैले यस क्षेत्रको विकासका लागि हामी सेतुका रूपमा काम गर्न सधैँ तत्पर छौँ।”

सम्बन्धित समाचार

सीपमूलक तालिममा महानगर र चलचित्र विकास बोर्डको सहकार्य, व्यावसायिकतामा जोड 1

नेपालको असहमतिबीच लिपुलेकबाट भारत–चीन सीमा व्यापार पुनः सुरु

काठमाडौं। नेपालको विरोध र दाबी कायम रहेकै अवस्थामा भारत र चीनले विवादित लिपुलेक नाका हुँदै सीमा व्यापार पुनः सुरु गरेका छन्। भारतीय सञ्चारमाध्यमहरूका...

सीपमूलक तालिममा महानगर र चलचित्र विकास बोर्डको सहकार्य, व्यावसायिकतामा जोड 1

नक्कली सामानविरुद्ध सरकार कडा, १०० भन्दा बढी शंकास्पद उत्पादन नियन्त्रणमा

काठमाडौं। बजारमा नक्कली तथा गुणस्तरहीन वस्तुको बिक्री–वितरण बढ्दै गएको गुनासोपछि सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति...

सीपमूलक तालिममा महानगर र चलचित्र विकास बोर्डको सहकार्य, व्यावसायिकतामा जोड 1

कांग्रेसको नयाँ नेतृत्व छान्न आज राती ९ बजे मतदान, यस्तो छ निर्वाचन कार्यतालिका

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन...

सीपमूलक तालिममा महानगर र चलचित्र विकास बोर्डको सहकार्य, व्यावसायिकतामा जोड 1

कांग्रेस छाडेका जिसस भोजपुरका प्रमुख थुलुङ राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूचीमा

जनमत पार्टीले समानुपातिक तर्फ ११० जनाकै नाम बुझाएको छ । २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीतर्फबाट र १६५ जना...

Summarize News