,
,,::
KTM Post Logo
Nepal Voices

एनभीएल अक्सनः को खेलाडी कुन टिममा?

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि खेलाडी अक्सन आइतबार सम्पन्न भएको छ। राजधानीस्थित होटल रोयल टुलिपमा आयोजित अक्सनमार्फत सहभागी ६ टोलीले आफ्ना प्रारम्भिक खेलाडी छनोट गरेका हुन्।भदौ १२ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सगरमाथा स्म्यासर्स, मधेस वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्सले प्रतिस्पर्धा गर्नेछन्।

अक्सनमा प्रत्येक टोलीले सात–सात खेलाडी अनुबन्ध गरेको छ। त्यसअनुसार क्याटेगोरी ‘ए’ बाट चार र क्याटेगोरी ‘बी’ बाट तीन खेलाडी छनोट गरिएको हो।

खप्तड फाल्कन्स ले क्याटेगोरी ‘ए’ बाट सरोज बर्देवा (रु १ लाख २० हजार), इन्द्र विक (रु १ लाख), प्रेमप्रसाद गौतम (रु १ लाख २० हजार) र विपास थापा (रु १ लाख) लाई अनुबन्ध गर्यो। क्याटेगोरी ‘बी’ बाट नवराज थापामगर (रु ५० हजार), पारस बोहोरा (रु ७० हजार) र नवराज धामी (रु ५० हजार) टोलीमा आबद्ध भएका छन्।

कर्णाली शिवराज ले क्याटेगोरी ‘ए’ का नृपध्वज बस्नेत, बिनोदबहादुर चन्द, सुरज चुनारा र सनोज चौधरीलाई समान रु १ लाख २० हजारमा अनुबन्ध गरेको छ। क्याटेगोरी ‘बी’ बाट सन्दीप लुहार, बलराम गुरुङ र सुनिल ठकुल्ला समान रु ५० हजारमा टोलीमा आबद्ध भएका छन्।

काठमाडौं रेड्स ले बलदेवसिंह धामी (रु १ लाख), सन्तोष विक, सन्तोष राई र चिरञ्जीवी खड्कालाई समान रु १ लाख २० हजारमा अनुबन्ध गरेको छ। क्याटेगोरी ‘बी’ बाट दीपेश कुँवर (रु ५० हजार), पुस्करसिंह धामी (रु ७० हजार) र जीतबहादुर ढुंगेल (रु ७० हजार) टोलीमा समावेश भएका छन्।

अन्नपूर्ण स्पाइकर किङ्स ले क्याटेगोरी ‘ए’ बाट राजेन्द्र धामी र सुरेन्द्र खत्रीलाई समान रु १ लाख २० हजार तथा रवि केसी र विवश अधिकारीलाई समान रु १ लाखमा अनुबन्ध गरेको छ। क्याटेगोरी ‘बी’ मा विवश आले, जितबहादुर सार्की र देवरनन मगर समान रु ५० हजारमा टोलीमा आबद्ध भएका छन्।

सगरमाथा स्म्यासर्स ले भीमबहादुर गाहा (रु १ लाख), सुवास कुँवर (रु १ लाख २० हजार), रुपेन्द्र नेपाली (रु १ लाख ५ हजार) र दीपकराज जोशी (रु १ लाख) लाई क्याटेगोरी ‘ए’ बाट अनुबन्ध गरेको छ। क्याटेगोरी ‘बी’ मा रमेश बम, सन्जोग परियार र रेशम छन्त्याल समान रु ५० हजारमा टोलीमा परेका छन्।

मधेस वारियर्स ले क्याटेगोरी ‘ए’ बाट सन्तोष महता (रु १ लाख २० हजार), रामविनय यादव (रु १ लाख), धनबहादुर भट्ट क्षेत्री (रु १ लाख २० हजार) र राजन थापा (रु १ लाख) लाई अनुबन्ध गरेको छ। क्याटेगोरी ‘बी’ बाट विप्सन शाही ठकुरी (रु ७० हजार), सन्जुविक्रम शाह (रु ५० हजार) र रविन रसाइली (रु ५० हजार) टोलीमा आबद्ध भएका छन्।

पहिलो संस्करणको एनभीएलले नेपाली भलिबललाई व्यावसायिक स्वरूप दिनुका साथै खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Summarize News