कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत
विराटनगर । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारहरूको पुनर्गठन प्रक्रिया सुरु भएको छ ।कर्णाली प्रदेशमा सरकार परिवर्तन भइसकेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा पनि सरकार परिवर्तनको तयारी भइरहेको छ । तर, कोशी प्रदेशमा भने सरकार परिवर्तनको समय र नेतृत्वबारे अझै स्पष्टता आउन सकेको छैन ।
केन्द्रमा भएको सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेकै भागमा परेको छ । यद्यपि, हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने कि नयाँ नेतृत्व अघि सार्ने भन्ने विषयमा एमालेभित्र नै ठोस निर्णय भइनसकेकाले सरकार परिवर्तनको मिति अन्योलमा परेको हो ।एमालेका नेता तथा पूर्वमन्त्री रेवतिरमण भण्डारीले प्रदेश सरकार तत्काल परिवर्तन हुने अवस्था नरहेको बताए । उनका अनुसार केन्द्रमा सत्ता सहमति भएपनि कोशी प्रदेशमा सरकार गठनबारे दलहरूबीच औपचारिक छलफल भएको छैन ।
‘अहिले कोशीमा कांग्रेस सरकारमै छ । कांग्रेस बाहिरिएको पनि छैन र सरकारमा आउने दलसँग पनि औपचारिक छलफल भएको छैन । त्यसैले तत्काल सरकार परिवर्तन हुन्छ भन्ने अवस्था छैन,’ उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने ।
यता नेपाली कांग्रेसले भने केन्द्रको निर्णयअनुसार अब सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट संकेत दिएको छ ।
कोशी प्रदेश सभापति तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले केन्द्रको निर्णयअनुसार कांग्रेस प्रतिपक्षमा बस्ने बताए । उनका अनुसार अब प्रदेशमा पनि नयाँ सत्ता समीकरणअनुसार प्रक्रिया अघि बढ्नेछ ।
हाल कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार एमालेका सचिवसमेत रहेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् ।
सम्बन्धित समाचार
एमालेमा बागमतीको मुख्यमन्त्री थपलियालाई बनाउने सहमति
काठमाडौं। बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएसँगै एमालेले मुख्यमन्त्रीको नाम टुंगो लगाएको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा...
गृहमन्त्री र संयुक्त हिन्दू मोर्चाबीच सहमति: १९ बुँदे मागपत्र बुझाउँदै आन्दोलनका सबै कार्यक्रम फिर्ता
जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको...
माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान
२८ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन...
५० ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन, जनमतका मात्रै २० जना
No preview available.


